Aamsanchar

हुम्लामा कोदो महोत्सव हुँदै

Author Image
मङ्गलवार, असोज २, २०८०

हुम्ला- कोदो खेती राम्रो हुने हिमाली जिल्लामा पहिलो पटक कोदो महोत्सव हुने भएको छ । अन्तर्राष्ट्रिय कोदो दिवस अर्थात् आगामी असोज १५ गते हिमाली जिल्लाको अर्ग्यानिक कोदो खेतीको संरक्षण र प्रवर्द्धन गर्न कोदो महोत्सव गर्न लागिएको हो ।

कृषि विकास कार्यालयका प्रमुख धर्म शाहीले कोदो उत्पादन राम्रो हुने हिमाली जिल्लामा कोदो महोत्सव गर्न लागिएको बताउनुभयो । कोदो बालीको संरक्षण, प्रवर्द्धन र यसको प्रचार प्रसारका लागि महोत्सव गर्न लागिएको उहाँले बताउनुभयो ।

जिल्ला बाहिरबाट कर्णाली प्रदेश सरकारबाट अतिथिहरू आउने भएको कारण यसको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । रैथाने कोदो बालीको प्रवर्द्धन गर्न सके यसलाई जिल्ला बाहिर निकासी गर्न सके किसानलाई प्रत्यक्ष रूपमा फाइदा पुग्नेछ । महोत्सवमा स्टल निर्माण गरेर कोदोका परिकार समेत प्रदर्शनी गरिने छ ।

यस्तै, कोदोबाट पन्ध्रभन्दा बढी परिकार तयार पारिनुका साथै महोत्सवको भिडियो डकुमेन्ट्री समेत तयार पारिनेछ । अतिथिहरूलाई स्वागतका लागि ब्याज समेत कोदोकै निर्माण गरिएको चार जना कोदोको खेती गर्ने किसानलाई पुरस्कृत गरिने छ ।

ब्याज र टपरी समेत रैथाने सिम्पाटीको पातबाट निर्माण गरिनेछ । हुम्ला जिल्लाका सात वटै गाउँपालिकामा एक हजार ३५० हेक्टर जमिनमा कोदो खेती गर्दा एक हजार ५४० मेट्रिकटन उत्पादन हुने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर