Aamsanchar

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा निरन्तर कमजोर बन्दै

Author Image
बुधवार, असोज ३, २०८०

काठमाडौँ –पछिल्ला दिनमा अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको भाउ निरन्तर कमजोर बन्दै गएको छ । सोही क्रममा मंगलबार र बुधबार एक अमेरिकी डलरको विनिमय दर १ सय ३३.५४ रुपैयाँ (बिक्री दर) पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार र बुधबारका लागि तोकेको अमेरिकी डलरको खरिद दर १ सय ३२.९४ रुपैयाँ छ । यो हालसम्मकै उच्च हो ।केही महिनाअघिसम्म स्थिर रहेको अमेरिकी डलरको भाउ गत साउन दोस्रो सातातिर बढ्न सुरु गरेको थियो । सोही क्रममा गत भदौ १ मा डलरको भाउ बढेर १ सय ३३.३४ रुपैयाँ पुगेको थियो । त्यसपछिका दुई साता डलरको भाउ १ सय ३३ रुपैयाँ वरिपरि नै थियो । तर भदौ २२ पछि डलरको भाउ निरन्तर बढ्न थालेको हो ।

पछिल्ला दिनमा विश्व बजारमा डलरको माग बढेपछि भाउ पनि निरन्तर वृद्धि हुन थालेको हो । खासगरी अमेरिकाको फेडरल रिजर्भ बैंकले फेरि ब्याजदर बढाउने चर्चा चलेसँगै विश्वका लगानीकर्ताले डलरको माग बढाउँदा मजबुत बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै रोयटर्सले मंगलबार डलरको भाउ पछिल्लो ६ महिनायताकै उच्च बिन्दुमा पुगेको बताएको छ । २०२३ अगस्टमा अमेरिकी अर्थतन्त्रका सूचक अनुमान गरिएभन्दा बढी बलिया भएका छन् । सोही अवधिमा खुद्रा व्यापार अनुमान गरिएभन्दा धेरैले बढेको छ भने बेरोजगारी अनुमान गरिएभन्दा कम छ । ब्याजदर बढ्दा विश्वका लगानीकर्ता अमेरिकामा लगानीका लागि आकर्षित हुन्छन्, यसले स्वतः डलरको माग बढ्छ । त्यसै पनि अहिले फेडले तोकेको सन्दर्भ ब्याजदर २२ वर्षयताकै उच्च हो । हाल फेडको सन्दर्भ ब्याजदर ५.२५ देखि ५.५० प्रतिशत छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर