Aamsanchar

नाै बर्ष इटालीकाे राष्ट्रपति भएर सेवा गरेका नापोलिटानोकाे अन्त्येष्टि

Author Image
बुधवार, असोज १०, २०८०

इटालीले सबैभन्दा लामो समय राष्ट्रपति भएर देशको सेवा गरेका जर्जियो नापोलिटानोलाई अन्तिम श्रद्धाञ्जली दिई अन्त्येष्टि गरिएको छ।

मंगलवार देशको संसदमा विश्वभरका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिइएको हो। मे २००६ देखि जनवरी २०१५ सम्म पदमा रहेका नेपोलिटानोको शुक्रवार ९८ वर्षको उमेरमा निधन भएको थियो।

उनको निधनमा इटालीले मंगलवार राष्ट्रिय शोक मनाएको थियो। सरकारी भवन र विदेशमा रहेका इटालियन दुतावासहरुमा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो। उनको अन्त्येष्टिमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ, जर्मन राष्ट्रपति फ्रान्क वाल्टर स्टाइमेयर र इटालीको राज्य प्रमुखको रुपमा नेपालिटानोका उत्तराधिकारी सर्जियो माटारेल्लाको उपस्थिति रहेको थियो।

स्व। नेपालिटानोकी जीवनसाथी क्लियो मारिया बिट्टोनीलाई उपस्थितहरुले समवेदना दिएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)