Aamsanchar

भारतको मणिपुर फेरि तनावग्रस्त : विद्यार्थी र सुरक्षाकर्मीबीच झडप

Author Image
बुधवार, असोज १०, २०८०

काठमाण्डौ – भारतको मणिपुर फेरि तनावग्रस्त बनेको छ । गएराति आन्दोलनमा रहेका विद्यार्थी र सुरक्षाकर्मीबीच झडप हुँदा ४५ जना घाइते भएका छन् । हिंसा प्रभावित क्षेत्र इंफाल घाटीमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

मणिपुरमा गएको जुलाई ६ तारिख अर्थात असार २१ गते दुई जना छात्रको हत्या भएको थियो । यसको विरोधमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् । हिंसा भड्किए पछि मणिपुर सरकारले आज विद्यालय बन्द गरेको छ । यस्तै, अफवाह फैलिन नदिन इन्टरनेट सेवा समेत पाँच दिनका लागि बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि गएको मे महिनामा मणिपुरमा जातिय हिंसा भड्किएको थियो । जातिय हिंसामा परेर १ सय ७५ जना भन्दा धेरैको ज्यान गएको थियो । त्यतिबेला बन्द गरिएको इन्टरनेट सेवा गएको ६ गते खुलाइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)