Aamsanchar

चारपानेमा गल्फ लुब्रिकेन्ट्सकाे सोरुम सञ्चालन

Author Image
बुधवार, असोज १०, २०८०

बिर्तामोड । सहारा कृषि अनुसन्धान तथा विकास कम्पनी लिमिटेड बिर्तामोड २ चारपानेले ‘गल्फ सेग्मेन्ट ’ सोरुमको उद्घाटन गरेको छ ।
बुधवार आज आयोजित कार्यक्रमकैबीच नेपाल ल्यूव आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले सोरुमको उद्घाटन गरेका हुन् । कोशी प्रदेशका लागि आधिकारिक डिलरका रुपमा यो सोरुमले काम गर्ने सहारा कृषि अनुसन्धान तथा विकास कम्पनीका सञ्चालक समिति अध्यक्ष लक्ष्मण पाठकले जानकारी दिए ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, मेची अटो पार्टका वसन्तराज भण्डारी, एमएस अटोमोबाइल्सका मोहमद वली उल्लाह लगायतले शुभकामना मन्तव्य राखेका थिए । सहारा अटो मोबाइल्सका जेनरल मेनेजर राजकुमार गौतमले स्वागत गरेको कार्यक्रममा नेपाल ल्यूव आयल लिमिटेडका जेनेरल मेनेजर गंगाराज भट्टराईले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।सोरुमका मेनेजर शुक्रबहादुर तामाङले गरेका थिए ।
सो रुपमा सबै प्रकारका सवारीका लागि आवश्यक पर्ने लुब्रिकेंट्स उपलब्ध हुने बताइएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
बुधवार, मंसिर २०, २०८०