Aamsanchar

युक्रेनका शरणार्थी सन् २०२५ को मार्चसम्म युराेपका देशमा बस्न पाउने अधिकार सुनिश्चित

Author Image
शुक्रवार, असोज १२, २०८०

युरोपेली सङ्घ (ईयू) ले युक्रेनका शरणार्थीलाई ईयूका देशमा सन् २०२५ को मार्चसम्म बस्न पाउने अधिकार सुनिश्चित गरेको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि आफ्नै देशबाट पलायन भएका उनीहरूलाई सदस्य देशहरुमा आवासको अधिकार दिइएको हो ।

यो व्यवस्थाले झण्डै चार लाख युक्रेनी शरणार्थीलाई सहज भएको छ । ईयूले युक्रेनी नागरिकलाई आवश्यक सबै सहयोग गर्ने स्पेनी गृहमन्त्री फर्नान्डो ग्रान्डे–मार्लास्काले बताउनुभएको छ ।

स्पेन ईयूको वर्तमान अध्यक्ष देश हो । रुसले युक्रेनमा आक्रमण थालेपछि लाखौँ युक्रेनी शरण खोज्न युरोपका अरु देशमा पुगेका छन् ।

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर