Aamsanchar

स्पेनको ला फोन्डा नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु , १४ जना सम्पर्कविहीन

Author Image
सोमवार, असोज १५, २०८०

काठमाडौं – दक्षिण पूर्वी स्पेनको मुर्खिया शहरको एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । १४ जना सम्पर्कविहीन छन् ।

स्थानीय समयअनुसार ला फोन्डा नामको नाइट क्लबमा स्थानीय समय अनुसार आइतबार बिहान ६ बजेतिर नाइट क्लब रहेको भवनमा आगो लागेको थियो । त्यतिबेला नाइट क्लबमा भीडभाड थियो ।

आगो वरपरका अरु क्लबमा पनि फैलिएको थियो । त्यसैले अधिकारीहरुले आगलागीमा परी मृत्यु हुनेको संख्या बढ्नसक्ने जनाएका छन् ।

सामाजिक सन्जालमा सेयर गरिएको भिडियोमा गाढा कालो धुवाँ निस्किरहेको देखिन्छ । आगलागीको कारण भने खुलेको छैन । आपतकालीन सेवाका कर्मचारीहरु उद्धार तथा खोजमा खटिएका छन् ।

एक २८ वर्षीया महिलाले आफ्नी आमालाई पठाएको अडियो म्यासेजमा ‘आमा म हजुरलाई धेरै माया गर्छु, हाम्रो मृत्यु हुनेवाला छ’ भनेकी छन् । ती महिला आफ्नो पार्टनर र साथीहरुसँग नाइट क्लबमा गएकी थिइन् ।

उनी जीवित छिन् कि मृत्यु भइसक्यो भन्ने खुलिनसकेको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर