Aamsanchar

कारगिल चुनाव : कांग्रेस र नेशनल कन्फ्रेन्सको क्लिनस्वीप, भाजपाले २ सिट जित्यो

Author Image
सोमवार, असोज २२, २०८०

काठमाडौं – भारत प्रशासित लद्दाख स्वायत्त पहाडी विकास परिषद–कारगिल चुनावमा कांग्रेस र नेशनल कन्फ्रेन्सले क्लिनस्वीप गरेका छन्।

२६ मध्ये २२ सिट जितेर कांग्रेस गठबन्धनले क्लीन स्वीप गरेको हो। यो चुनावमा भाजपाले दुई सिट जितेको छ। सन् २०१९ मा अनुच्छेद ३७० खारेज गरेर लद्दाखलाई केन्द्र शासित प्रदेश बनाएपछि कारगिलमा यो पहिलो चुनाव थियो।

नेशनल कन्फ्रेन्स र कांग्रेस भारतीय गठबन्धनका हिस्सा हुन्। यस निर्वाचनमा नेशनल कन्फ्रेन्सले १२ सिट जितेको छ भने कांग्रेसले १० सिट जितेको छ। भाजपाले दुई र स्वतन्त्र उम्मेदवारले दुई सिट जितेका छन्।

नेसनल कन्फ्रेन्सले यो निर्वाचनमार्फत केन्द्र सरकारको निर्णयप्रति आफ्नो ‘असन्तुष्टि’ पोख्न जनतालाई अपिल गरेको थियो।​ भाजपाले आफ्नो चुनावी अभियानमा २०१९ पछि यस क्षेत्रमा भएका विकास कार्यहरूमा ध्यान केन्द्रित गरेको थियो।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर