Aamsanchar

३२ जना नेपाली विद्यार्थीलाई इजरायली सेनाले उद्धार गर्याे

Author Image
सोमवार, असोज २२, २०८०

काठमाण्डौ – प्यालेस्टिनको विद्रोही समूह हमासले आक्रमण गरेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपाली विद्यार्थीलाई इजरायली सेनाले उद्धार गरेर सुरक्षित स्थानतर्फ लगेको छ ।

इजरायली सेनाले स्कर्टिङ गरेर आफूहरूलाई सुरक्षित स्थानतर्फ लगेको बर्दियाका लुइस रिजालले भिडियो सन्देशमार्फत जानकारी गराउनुभएको छ । उनीहरूलाई इजरायली सेनाले बङ्करबाट निकालेर तेल अभिभतर्फ लगेको छ ।

उनीहरू सुदूरपश्चिम विश्वविद्यालयबाट “लर्न एन्ड अर्न”कार्यक्रममा गएका हुन् । आक्रमणमा उनीहरूकै समूहका १० जनाको ज्यान गएको हो ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर