Aamsanchar

इजरायलबाट घाइते नेपाली युवाको आग्रह– ‘म मरेँ भने मेरी आमाको औषधी गरिदिनु’

Author Image
सोमवार, असोज २२, २०८०

दोहा। इजरायल र प्यालेस्टाइनको हमासबीच भएको युद्धमा परेर घाइते भएका एक नेपाली युवाले आफू मरेँ भने सबैले मेरी आमाको औषधी गरिदिनु है भन्दै आग्रह गरेका छन् ।शनिबार राती नौ सेकेन्डको भिडियो सन्देश जारी गर्दै उनले आफू मरेमा सबैले आमाको औषधी गरिदिन आग्रह गरेका हुन् ।अनुहार भरी चोटैचोट भएका ती युवाले अँध्यारो कोठाबाट जारी गरेको कारुणिक भिडियोले सबैको मन रुवाएको छ । यो भिडियो इजरायलको गाजापट्टी क्षेत्रबाट आफूलाई आएको तेलअभिवमा रहेका रमेश जोशीले बताए ।

यहाँ नेपालीहरूको अवस्था दयनीय रहेको भन्दै उनले अहिलेसम्म तीन जना नेपालीलाई उद्धार गरेर अस्पताल लगिएको बताए । दुई जनलाई उद्धार गर्ने काम भैरहेको र अझै नौ नेपाली बेपत्ता रहेको उनले बताए ।

‘अहिले यहाँ युद्ध चलिरहेको छ सेना, प्रहरी त्यस क्षेत्रमा जान सक्ने अवस्था छैन, केहीलाई उद्धार गरियो, केहीलाई उद्धार गर्ने क्रममा छौँ अझै नौ जना बेपत्ता छन्’, जोशीले भने, ‘मिसाइल आक्रमण हुने बित्तिकै साइरन बजी हाल्छ, ज्यान जोगाउनका लागि दौडिँदै बङ्करमा नगए सुखै छैन ।’

निरन्तर युद्ध चलिरहेकाले त्यहाँ रहेका हजारौँ नेपालीहरू त्रसित बनेका छन् । विगतमा हुने आक्रमणको तुलनामा यो निकै खतरनाक मानिएको र गोलाबारी चलिरहेकाले बाहिर निस्कने अवस्था नरहेको उनले बताए ।

यता, नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै हमलामा १४ जना नेपाली काम गरिरहेको फार्ममा पनि आक्रमण भएको जनाएको छ। अहिलेसम्म नौजना नेपाली घाइते भएको र दुईजनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जानकारी गराएको छ।

हमलामा के कति नेपाली घाइते भए आधिकारिक विवरण लिने कार्य भैरहेको तेल अविवस्थित नेपाली दूतावासका प्रथम सचिव अर्जुन घिमिरेले बताए । इजरायलमा हमास आतङ्ककारी समूहको ठूलो हमलाबाट मृत्यु हुनेको संख्या २५० भन्दा बढी पुगेको सञ्चारमाध्यमहरूले जनाएका छन्।

कम्तिमा ११ सय घाइते भएका छन्, घाइते मध्ये धेरै अवस्था गम्भीर रहेको बताइएको छ । सयौँ हमास बन्दुकधारीहरूले इजरायलमा घुसपैठ गरेको, धेरै बिन्दुहरू पार गर्दै र आइडीफले अत्यधिक परिष्कृत सीमा बार मानेको कुरालाई ओझेलमा पारेको बताइएको छ ।

हमासले नेपालीसहित दर्जनौँ इजरायलीहरूलाई गाजामा अपहरण गरेको दाबी गरिएको छ । आइडीफले सैनिक र सर्वसाधारणलाई बन्धक बनाएको पुष्टि गरेको छ तर संख्या तोकेको छैन। देशको दक्षिण र केन्द्रमा हजारौं रकेटहरू प्रहार गरिएका छन्, जसमा धेरै मानिसहरू मारिएका छन्।

प्रभात न्युजबाट साभार । मुख्य लिंक ।

https://www.prabhavnews.com/news/6684?fbclid=IwAR2lGk9vWbmxN93PCfFE-ZZticmjJuMHAx7GFxvIWvdFTvz-BHWEbHIkEGw

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 15

प्रतिक्रिया (०)