Aamsanchar

‘बिर्तामोड नगर हरित नगर’ अभियानमा कर्णाली साकोसको सहभागिता 

Author Image
मङ्गलवार, असोज २३, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले बिर्तामोड नगरपालिकाले अघि सारेको ‘बिर्तामोड नगर हरित नगर’ अभियानका लागि  ५० थान ठुलो गमला सौजन्य गरेर अभियानमा सहभागिता जनाएको छ ।
आज सहकारीका अध्यक्ष टसबहादुर श्रेष्ठले बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीलाई उक्त गमलाहरु हस्तान्तरण गरेका हुन । 

सामाजिक उत्तरदायित्व सहकारीले हरेक वर्ष विभिन्न सामाजिक कार्यमा आर्थिक सहयोग गर्दै आएको र यस पटक  ‘बिर्तामोड नगर हरित नगर’ अभियानलाई सहयोग गरेको अध्यक्ष श्रेष्ठले बताए । उनले भने ‘बिर्तामोड शहर सुन्दर देखियो भने मात्र हामीले राम्रा लुगा र गाडी चढेर हिँडेको सुहाउँछ, पैदल हिड्नेले पनि प्रकृतिको सुन्दरता सँग रमाउँदै हिड्‌न पाउँछन् । बिर्तामोड नगरलाई सफा र सुन्दर बनाउन संघ संस्था र समुदायको भूमिका अपरिहार्य हुन्छ । बिर्तामोडका सबै सहकारीहरुले एक पटक शहर सौन्दर्य करण का लागि ध्यान दिने हो भने एक हद सम्मको परिणाम देखा पर्ने छ ।’

बिर्तामोड त्यस माथि पनि वडा नं. ३ लाई सुन्दर र व्यवस्थित बनाउन तन मनले लागि पर्दै आएका कर्मशील युवा वडाध्यक्षको नामले चिनिने वडाध्यक्ष मदन बुढाथोकीले गमला सौजन्य गरेकोमा कर्णाली सहकारी परिवारलाई धन्यवाद दिएका छन् । बिर्तामोडलाई सफा र सुन्दर बनाउन जब सम्म स्थानीय संघ संस्था, नागरिक समुदायको साथ रहदैन तब सम्म अभियानले सार्थकता पाउदैन, सुन्दर बिर्तामोड बनाउने अभियानमा जोडिन अध्यक्ष बुढाथोकीले सबै संघ संस्था र नागरिक समाज समक्ष अपील पनि गरेका छन् ।

अध्यक्ष बुढाथोकीको भनाई अनुसार ‘बिर्तामोड नगर हरित नगर’ अभियान मार्फत बिर्तामोड क्षेत्रमा १ हजार ३०० वटा बिरुवा रोप्ने काम सम्पन्न भएको छ । विराटपोखरी डिलमा २ सय थान बिरुवा रोपन गरिएको छ भने बाँकी नगरका विभिन्न सडक किनार, क्यारीमा फलफूलका बिरुवा रोपिएको छ । करिव २ सय वटा विजुलीको खम्बाहरूमा  हरियो रङ्ग लगाउने काम भएको छ ।  अझै हजारौं बिरुवा र रङ्गरोगनको काम गर्न बाकी नै छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)