Aamsanchar

नेपालबाहिर दसैँको उत्तम साइत कहिले ?

Author Image
मङ्गलवार, असोज २३, २०८०

काठमाडौं । विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि  दशैं टिका लगाउने उपयुक्त साइतका] समय सार्वजनिक भएको छ ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले आज ३० वटा देशमा टीका लगाउने शुभ साइत सार्वजनिक गरेको हो । समितिका अनुसार अमेरिका र क्यानडामा अक्टोबर २३ तारिकमा टीकाको शुभ साइत रहेको छ ।

अमेरिकाको न्युयोर्कमा १०ः४७ बजे, केन्टुकीमा ११:३१ बजे, टेक्सासमा ११ः०३ बजे, वासिङ्गटन डीसीमा १०ः५३ बजे र क्यालिफोर्नियामा १०ः३१ बजे टीकाको शुभसाइत जुरेको छ ।
क्यानडाको टोरोन्टोमा ११:१७ बजे र भ्यानकुभरमा ११:३५ बजे शुभ साइत रहेको छ ।

यसैगरी भारत, जापान, अस्ट्रेलिया, न्युजिल्यान्ड, पोर्चुगल, बेलायत, फ्रान्स, नर्वे, मलेसिया, यूएई, कतार, थाइल्यान्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, म्यानमार र स्विट्जरल्यान्डसहितका देशमा २४ तारिखमा टीकाको शुभ साइत रहेको छ ।

नेपालबाहिर दसैँको उत्तम साइत कहिले ?

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर