Aamsanchar

कांग्रेस शेखर पक्षका सांसद केदार कार्कीले पनि कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने

Author Image
बिहिवार, असोज २५, २०८०

काठमाडौं – नेपाली कांग्रेसको शेखर कोइराला पक्षका सांसद केदार कार्कीले पनि कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने भएका छन्।

सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्रीमा इन्द्र आङ्बोलाई अगाडि सार्ने निर्णय गरे पनि कार्कीको समूहले उक्त निर्णय अमान्य भएको मुख्यमन्त्रीमा दाबी गर्ने जनाएको हो।

कार्की निकटका सांसद शमशेर राईले कार्कीले मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गर्ने जानकारी दिए। उनले गठबन्धन भनेको ठूलो दलले नेतृत्व गर्ने भन्दै कोशीमा २९ सिट भएको कांग्रेसले १३ सिट भएको माओवादीलाई नेतृत्व दिन नसक्ने बताए।

‘केन्द्रमा पनि ३२ सिट भएको माओवादीले सरकारको नेतृत्व गर्ने। प्रदेशमा पनि १३ सिट भएको माओवादीले गर्ने, लोकतन्त्रमा यस्तो हुन्छरु उपधारा ५ अनुसार बहुमत पुर्‍याउन सक्ने सदस्यले दाबी गर्न सक्छ। केदार कार्कीले बहुमत पुर्‍याउन सक्नुहुन्छ, उहाँले दाबी गर्नुहुन्छ र हाम्रो पनि साथ रहन्छ’,उनले भने।

कोशी प्रदेशमा कांग्रेसका २९ सांसदमध्ये शेखर पक्षका नौ जना रहेको बताइन्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर