Aamsanchar

सुनको मूल्य

Author Image
शुक्रवार, असोज २६, २०८०

काठमाडौं – साताको अन्तिम दिन सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख १० हजार एक सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार ५५० र चाँदीको मूल्य १३ सय ४५ रुपयाँ कायम भएको छ ।

बिहीबार एक लाख ९ हजार ५ सयमा छापावाल सुन, एक लाख ९ हजार रुपैयाँमा तेजावी सुन र १३ सय ५० रुपैयाँमा चाँदीको खरिद बिक्रि भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर