Aamsanchar

मिनिबस कन्टेनरसँग ठोक्किँदा कम्तीमा १२ जनाको मृ*त्यु

Author Image
आइतवार, असोज २८, २०८०

नयाँ दिल्ली – भारतको पश्चिमी राज्य महाराष्ट्रमा आइतबार बिहानै एउटा मिनिबस कन्टेनर ट्रकसँग ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु र अन्य २३ जना घाइते भएको प्रहरीले बताएको छ ।

महाराष्ट्रको राजधानी मुम्बईबाट २६८ किलोमिटर पूर्व छत्रपति सम्भाजीनगर जिल्लाको वैजापुर क्षेत्रमा समृद्धि एक्सप्रेस वे दुर्घटना भएको हो ।दुर्घटनाको समयमा मिनिबसमा ३५ यात्रु रहेको समाचार छ । प्रहरीका अनुसार घटनास्थलबाट शवहरू निकालिएको छ ।

प्रहरीले दुर्घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर