Aamsanchar

बुधबार विश्वासको मत लिने कोशीका मुख्यमन्त्री कार्कीको तयारी

Author Image
सोमवार, असोज २९, २०८०

काठमाडौं – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधवार विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत लिनेबारे मुख्यमन्त्री कार्कीले सत्ता साझेदार दल नेकपा एमालेसँग आज छलफल गर्दैछन्।

आज दिउँसो विश्वासको मत लिनेबारे छलफल गर्न मुख्यमन्त्रीले बोलाएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए।

दशैँअघि नै विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री कार्कीको तयारीछ ।

कार्कीलाई मुख्यमन्त्री बनाउन कांग्रेसबाट बिद्रोह गरेका ८ र एमालेका ३९ जनाले हस्ताक्षर गरेका थिए।

सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अगाडि सारेपछि कांग्रेसको डाक्टर शेखर कोइराला पक्षका कार्की ८ सांसदसहित विद्रोह गर्दै एमालेको सहयोगमा मुख्यमन्त्री बनेका थिए।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर