Aamsanchar

बैतडीमा ट्याक्टर दुर्घटना

Author Image
मङ्गलवार, असोज ३०, २०८०

बैतडी – बैतडीमा ट्याक्टर दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। मेलौली नगरपालिका–१ स्थित मेलौली भगवती मन्दिर नजिकै म १ त ७४० नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ जना घाइते भएका हुन्।

घाइते हुनेमा ट्याक्टर चालक कैलालीको मुसुरियाका नारायण चौधरीसहित कैलालीको घोडाघोडीका भुवन थापा र बैतडीको दोगडाकेदारका गगनसिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

मन्दिरको गेट निर्माणका लागि निर्माण समाग्री लैजाने क्रममा दुर्घटना भएको बताइएको छ। घाइतेहरुको केशरपुर स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर