Aamsanchar

जापानमा विद्यार्थी बोकेको बससँग ट्रक ठोक्किँयाे

Author Image
बिहिवार, कार्तिक २, २०८०

पश्चिम जापानमा विद्यार्थी बोकेको बससँग ट्रक ठोक्किँदा १८ जना घाइते भएका छन् । जापानको नारा प्रिफेक्चरमा बुधबार प्राथमिक तहका विद्यार्थी बोकेको बस र ट्रक ठोक्किँदा बालबालिका सामान्य घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।

प्रहरीका अनुसार ३४ जना बालबालिका बाकेको बस काशिहराको राष्ट्रिय राजमार्ग चोकमा स्थानीय सम अनुसार बिहान ८ः५५मा ठोक्किएको थियो।​

तिनीहरूमध्ये १८ जनालाई शारीरिक पीडा भए पनि सामान्य चोटपटक भएकाले ज्यान जोखिममा नरहेको स्थानीय दमकल विभागले जनाएको छ । बसमा भएका शिक्षक, चालक तथा सहचालक स्वस्थ रहेको बताइएको छ । दुर्घटनाको अनुसन्धान भइरहेको काशिहरा प्रहरी चौकीले बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर