Aamsanchar

गाजा क्षेत्रमा २० ट्रक राहत सामग्री पुग्यो

Author Image
आइतवार, कार्तिक ५, २०८०

प्यालेस्टाइनको गाजा क्षेत्रमा २० ट्रक राहत सामग्री पुगेको छ । असोज २० गते प्यालेस्टाइनको विद्रोही समूहले इजरायलमा आक्रमण गरेयता पहिलोपटक गाजामा राहत सामग्री पुगेको बीबीसीले जनाएको छ ।

हमास–इजरायल युद्ध शुरु हुनासाथ इजिप्टले सीमा बन्द गरेपछि गाजा क्षेत्रमा राहत सामग्री पुग्न सकेको थिएन । युद्ध शुरु हुनुअघि गाजामा दैनिक पाँच सय ट्रक राहत सामग्री पुग्ने गरेको थियो । ठूलो परिमाणमा राहत सामग्री चाहिने गाजामा २० ट्रक राहत सामग्री समुद्रमा एक थोपा जस्तै हुने संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घका निकायहरू विश्व खाद्य कार्यक्रम र विश्व स्वास्थ्य सङ्गठनले गाजाको अवस्थालाई विपत्तिजनक भनेका छन् । हमास–इजरायल युद्ध शुरु भएको दुई हप्तामा गाजा क्षेत्रमा चार हजार तीन सय ८५ जनाको ज्यान गएको पुष्टि भइसकेको बीबीसीले जनाएको छ । मृतकमध्ये एक हजार सात सय ५६ जना बालबालिकाहरु छन् ।

यसैबीच इजिप्टको राजधानी कायरोमा इजरायल–प्यालेस्टाइन युद्ध रोक्नका लागि शान्ति सम्मेलन भइरहेको छ । सम्मेलनमा जोर्डन, कतार, इटली, स्पेन, युरोपेली सङ्घ र बेलायतका प्रतिनिधिहरु सहभागी छन् । अमेरिका, इजरायल र इरान भने सम्मेलनमा सहभागी छैनन् । सम्मेलनमा सहभागी प्यालेस्टाइनका नेता महमुद अब्बासले आफूहरुले आफ्नो भूमि नछोड्ने अडान लिनुभएको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर