Aamsanchar

बिहे गर्न चिनियाँ युवतीलाई राष्ट्रपति सीकाे आह्वान

Author Image
मङ्गलवार, कार्तिक १४, २०८०

पेकिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङले चिनियाँ युवतीलाई बिहे गर्न आह्वान गरेका छन्। उनले अल-चाइना वुमन्स फेडरेशनका नयाँ नेतृत्वसँग सोमवार यस्तो आह्वान गरेका हुन्।

उनले देशमा ‘परिवारको नयाँ प्रवृत्ति’ स्थापना गर्न चिनियाँ महिलाको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्। चीन दुईतर्फी संकटसँग जुधिरहेका वेला सीले देशका युवतीलाई यो अपील गरेका हुन्।

चीन एकातिर बूढो जनसङ्ख्याबाट चिन्तित छ भने अर्कोतिर जन्मदरमा पनि उल्लेखनीय गिरावट आएको छ। यति मात्र होइन चीनमा अहिलेका युवतीहरूले विवाह गर्न मान्दैनन्। यसै कारण चिनियाँ राष्ट्रपति तनावमा आएका हुन् र युवतीलाई बिहेको आग्रह गर्न बाध्य भएका हुन्।

यो वुमन्स फेडरेशन चीनको सत्तारुढ कम्युनिष्ट पार्टी अन्तर्गतमा रही काम गर्दछ। उनले महिलाको क्षेत्रमा सुधार हुनु महिलाको आफ्नै विकास मात्र होइन। यो त पारिवारिक सद्भाव, सामाजिक सद्भाव, राष्ट्रिय विकास र राष्ट्रिय प्रगतिसँग पनि जोडिएको बताए। उनले विवाह गर्ने र सन्तान जन्माउने नयाँ संस्कृतिको प्रवर्धन गर्नु अत्यावश्यक छ। साथै विवाह गर्ने, सन्तान जन्माउने र परिवार हुर्काउनेतर्फ युवाको सोचलाई बलियो बनाउन आवश्यक रहेको बताए।

संसारको उदीयमान शक्ति चीन चौतर्फी संकटको सामना गरिरहेको वेला चिनियाँ राष्ट्रपतिले यस्तो आग्रह गरेका हुन्। चीनमा सन्तान हुर्काउनको बढ्दो खर्च, करियरमा आउने अवरोध, लैङ्गिक विभेद र विवाह नगर्ने बढ्दो प्रवृत्तिले चिनियाँ महिलामा सन्तान नजन्माउने भावना पैदा गरेको छ। चीनमा कति जन्मिएका बच्चा जन्मन्छन् भन्ने कुरा विवाह दरसँग सम्बन्ध राख्छ। चीनमा एकल महिलाको बच्चा हुनुपर्छ भन्ने आधिकारिक नीति छ।

चीनको नेशनल ब्युरो अफ स्ट्याटिस्टिक्सले विगत ६ दशकमा पहिलोपटक जनसंख्या घटेको उल्लेख गरेको छ। यति मात्र होइन, देशको जनसङ्ख्या तीव्र रूपमा बूढो हुँदै गएको प्रतिवेदनले देखाएको छ।

विगत दुई वर्षमा चीन सरकारले देशमा जन्मदर बढाउनका लागि धेरै कदम चालेको छ। यसमा आर्थिक सहायता र बाल हेरचाह सुविधाको संख्या बढाउन पनि थालिएको छ। चीनको सरकारी सञ्चारमाध्यमले जनसङ्ख्यालाई देशको शक्तिसँग जोडिएको देखाएको छ।

चीनमा थोरै सन्तान जन्मिएकाले आगामी दिनमा देश बूढो भएर सामान उत्पादन गर्न नसक्ने र उदीयमान शक्ति गुमाउने डर सीलाई छ। धेरै कम्पनीहरू अहिले चीन छोडेर बाहिरिँदै छन्। यति मात्र होइन अब यो चीनमा श्रम पनि घटेको छ। यसबाट उत्पादन लागत बढ्दा सामान महँगो हुँदै गएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर