Aamsanchar

आज बङ्लादेश र श्रीलङ्का खेल्ने

Author Image
सोमवार, कार्तिक २०, २०८०

काठमाण्डौ –आईसीसी एक दिवसीय विश्व कप क्रिकेटमा आज बङ्लादेश र श्रीलङ्का खेल्दैछन् । खेल दिउँसो सवा २ बजे दिल्लीमा हुनेछ ।

अङ्क तालिकाको सातौँ स्थानमा रहेको श्रीलङ्काले ७ खेलमा २ मा मात्र जित निकालेर ४ अङ्क जोडेको छ । यस्तै, पुछारभन्दा माथि रहेको बङ्लादेशको मात्र दुई अङ्क छ । बङ्लादेशले ७ खेलमा मात्र एक खेल जितेको छ । गएराति सकिएको खेलमा भारतले दक्षिण अफ्रिकालाई २ सय ४३ रनको ठूलो अन्तरले पराजित गर्यो ।

कोलकाताको इडेन गार्डेनमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय २६ रन बनायो । तीन सय २७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २७ ओभर एक बलमा ८३ रन मात्रै बनाएर अलआउट भयो । जारी विश्व कपमा भारतको यो लगातार आठौँ जित हो ।

भारत १६ अङ्कसहित शीर्ष स्थानमा छ । भारत शीर्ष स्थानमा रहेरै सेमिफाइनलमा पुग्ने पक्का भएको छ । भारत सेमिफाइनलमा भने यसअघि नै पुगिसकेको थियो । दक्षिण अफ्रिका पनि सेमिफाइनलमा पुगिसकेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर