Aamsanchar

नेपाली विद्यार्थी बिपीन जोशीको खोजी गर्ने इजरायलका राष्ट्रपतिकाे प्रतिवद्धता

Author Image
मङ्गलवार, कार्तिक २१, २०८०

काठमाडौं – इजरायलले हमासको आक्रमणमा परी सम्पर्कविहीन बनेका नेपाली विद्यार्थी बिपीन जोशीको खोजी कार्यमा कुनै कसर बाँकी नराख्ने जनाएको छ ।

इजरायलका लागि नेपाली राजदुत कान्ता रिजालसंगको औपचारिक भेटघाटका क्रममा इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले बिपीन जोशीको खोजीमा इजरायल सरकार लागि परेको जानकारी दिनुभयो ।

भेटका अवसरमा हमासको आतंकारी हर्कतका कारण युद्धमा जानु परेको उल्लेख गदै राष्ट्रपति हर्जोगले आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपालीप्रति श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

साथै उहाँले आगामी दिनमा इजरायललाई सहयोग गर्न नेपाल र नेपालीलाई अपील गरेको राजदुत रिजालले जानकारी दिनुभयो ।

राजदुत रिजालले इजरायली राष्ट्रपति हर्जोगलाई आक्रमणमा मारिएका इजरायली नागरिकप्रति नेपाल र नेपालीको तर्फबाट श्रद्धान्जली प्रकट गर्नुभएको छ ।

हमासले इजरायलमाथि गत अक्टोबरमा गरेको आक्रमणमा परेर १० नेपालीको मृत्यु हुँदा कञ्चनपुरका बिपीन जोशी बेपत्ता भएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)