Aamsanchar

७२ नेपालीले साउदीमा बहिर्गमन भीसा पाए

Author Image
बुधवार, कार्तिक २२, २०८०

साउदी अरेबिया – साउदी अरबस्थित नेपाली दूतावास रियादले बहिर्गमन भिसा पाउने ७२ नेपालीको नामावली सार्वजनिक गरेको छ। साउदीमा रोकिएका उनीहरू अब स्वदेश फिर्ता हुने भएका छन्।

दूतावासका अनुसार साउदीको विभिन्न कम्पनीमा कार्यरत रहँदा अनुमतिपत्र ‘अकामा’नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसा सहज र सरल रूपमा प्रदान गर्नका लागि साउदी सरकारलाई लामो समयदेखि आह्वान गरेको थियो।

दूतावासले बहिर्गमन भिसा प्राप्तिका लागि साउदीमा कार्यरत नेपालीको अकामाको म्याद सकिएको ३ महिना बढी भइसकेको हुनुपर्ने,साउदी आएको ३ महिनाभन्दा बढी समयसम्म पनि अकामा नबनाइदिएका वा हुरूब लागेका व्यक्तिको मात्र दूतावासबाट एक्जिट भिसा प्रोसेसिङ गर्न सकिने,अकामाको म्याद भएकाहरूको एक्जिट भिसा प्रोसेसिङ राजदूतावासबाट गर्न नमिल्ने साथै कुनै केस वा जरिवाना छ भने उक्त व्यक्तिको एक्जिट भिसा नलाग्ने जनाएको छ।

बहिर्गमन भिसा प्राप्तका लागि प्रोसेसिङ निःशुल्क हुनेछ भने एक्जिट भिसा दिने सम्पूर्ण अधिकार साउदीको अध्यागमन ९जवाजत० अफिससँग रहेकाले दूतावासले एक्जिट भिसाको लागि प्रोसेस मात्रै गरिदिने जनाएको छ।

साउदीमा कार्यरत रहँदा जुन ठाउँबाट आफ्नो इकामा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन ९जवाजत० कार्यालयबाट मात्रै एक्जिट भिसाको प्रोसेसिङ गर्नुपर्ने साउदी नियम छ। नेपाली दूतावासले साउदीमा कार्यरत नेपालीलाई राहदानी नवीकरण लागि अस्थायीरूपमा राहदानी आवेदन संकलनका लागि साउदीको रियाद ,ताबुक, आभा, खमिस, दमाम, हाईल जुवेल, जिजान सहरमा व्यवस्था गर्दै आइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर