Aamsanchar

राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानकाे जिम्मेवारी इन्दुलाई

Author Image
बिहिवार, कार्तिक २३, २०८०

काठमाडौं – राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तान परिवर्तन भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्मालाई नयाँ कप्तानको जिम्मेवारी दिएको हो। यसअघि राष्ट्रिय महिला टोलीको कप्तानी रुविना क्षेत्रीले गर्दै आएकी थिइन्।

रुविना टिममा परे पनि हङकङमा आयोजना हुने टी-२० सिरिजको कप्तानी इन्दुले गर्ने क्यानले जानकारी दिएको छ।

त्यस्तै टोलीमा उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता राना मगर, अश्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कन्चन श्रेष्ठ, सोमु बिष्ट, पूजा महतो, रोमा थापा, संगीता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन रहेका छन्।

हङकङको आयोजनामा नोभेम्बर १५ देखि १९ सम्म हुने चार देशीय टी-२० सिरिज खेल्न टोली त्यसतर्फ प्रस्थान गर्नेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर