Aamsanchar

प्रदीप यादवले भने : टिकटक बन्द गर्ने सरकारको निर्णयको स्वागत्योग्य

Author Image
सोमवार, कार्तिक २७, २०८०

वीरगन्ज – जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णयको स्वागत गरेका छन‍्।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको छ। त्यसको समर्थनमा सामाजिक सञ्जाल फेसबुकमा पूर्वमन्त्री यादवले सरकारको निर्णय स्वागत्योग्य भएको उल्लेख गरेका छन्।

उनले टिकटक बन्द गर्ने निर्णय गरेकोमा सरकारलाई धन्यवाद पनि दिएका छन्। उनले भनेका छन्,‘धन्यवाद नेपाल सरकार। नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ। सो निर्णय स्वागतयोग्य छ। नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर