Aamsanchar

टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णय फिर्ता गर्न विश्वप्रकाश शर्माकाे आग्रह

Author Image
सोमवार, कार्तिक २७, २०८०

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने सरकारको निर्णयको आलोचना गरेका छन् ।

शर्माले टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक भएको तर्क गर्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका छन् ।

उनले ट्विटरमा प्रधानमन्त्रीलाई मेन्सन गरेर लेखेका छन्, ´गर्धनमा पिलो आयो भने गर्धन नै काट्ने कि जोखिमरहित उपचार खोज्ने ? द्वेष फैलाउनेलाई पहिचान गर, नियम बनाएर बन्द गर, नो कमेन्ट तर, एउटा बिराउने साह्रा पिराउने ढंगले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ । यो निर्णय अविलम्ब फिर्ता होस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर