Aamsanchar

अन्नको जोहो

Author Image
शनिवार, मंसिर २, २०८०

अन्नको जोहो ।  इलामको माङ्सेबुङ गाउँपालिकामा एक घरमा राखिएको मकैको झुत्ताहरू ।   बिभिन्न प्रकारको घाँसे बालीको वर्णशंकर स्वरूपमा विकास भएको वाली मकैलाई मानिन्छ । यो संसारमा सबै भन्दा धेरै क्षेत्रफलमा लगाइने तथा सबै भन्दा धेरै खपत हुने बालीमा पर्दछ मकै। बहु उपयोगी बाली बाट  बिभिन्न परिकार, तेल, इन्धन, चिनी ,रक्सी आदि बनाउने गरिन्छ ।  धेरै मानिसहरूले उसिनेको मकै वा पोलिएका मकै खान मन पराउँछन् ।

मकै खादा स्वास्थ्यका लागि के के फाइदा हुन्छ ? 
मकैमा प्रशस्त्र पोषण तत्व हुन्छ । मकै खाएर मानिसका अनुहारमा हुने चाउरी हटाउन र बुढोपनबाट अलग गराउन सहायक मिल्नुका साथै मुटु, रक्त नली र क्यान्सरको रोग निवारण गर्न पनि सकिने विज्ञहरूको भनाई रहेको छ । मकैमा भिटामिन बी, पोटासियम, फसफोरस र फलाम निहित रहेको हुन्छ । ती मध्ये मुटुको क्षमता बढाउने पोटासियमको क्षमता धेरै रहेको हुन्छ । मकैमा भिटामिन यी र सेलेनिअम पनि छ । क्यान्सर निवारण गर्ने सेलेनिअमको क्षमता हुन्छ । यति मात्र हैन मकैको अरु क्षमताहरू पनि छन् । जीवकोषलाई पतन हुने अवस्थाबाट जोगाउन सक्ने तथा रगतभित्रको कोलेस्ट्रोलको मात्रालाई कम पार्न सक्ने ताजा कलिला मकै को क्षमता हुन्छ ।

विशेषत नेपालमा मकै भुटेर वा पिठोबाट ढिँडो बनाई खानेहरूको संख्या अझै धेरै रहेको छ । खाद्यान्नको रुपमा प्रयोग गरिने मकै विपन्न वर्गले खाने भनेर मकै अन्नलाई पनि वर्गीकरण गर्ने गरिएको पाइन्छ । तर मुख्य रुपमा मकै खाद्यान्नको रुपमा प्रयोग गर्दै आएकाहरू धेरै निरोगी बन्ने गरेका छन् । यस कारण पनि मकै मानव स्वास्थ्यको लागि उत्तम खाद्य बस्तु हो भन्ने पुष्टि हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर