Aamsanchar

तिहारको ४ दिनमा एक अर्ब ३२ करोडको सुन बिक्री

Author Image
आइतवार, मंसिर ३, २०८०

काठमाठौं – तिहारको ४ दिनमा एक अर्ब ३२ करोड रुपैयाँ बराबरको सुनको कारोबार भएको व्यवसायीहरुले बताएका छन् ।

मंसिरको बिहेको लगन तथा धनतेरस पर्वमा सुनको कारोबारमा उल्लेख्य सुधार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अध्यक्ष मणिकरत्न शाक्यले तिहारको ४ दिनमा १३५ किलो सुन बिक्री भएको बताए । जसको बजार मूल्य एक अर्ब ३२ करोड ७९ लाख ९५ हजार रुपैयाँ बराबर हुन्छ ।

अध्यक्ष शाक्यकाअनुसार तिहारको ४ दिन औषत ३५ किलोका दरले छापावल सुनको बिक्री भएको थियो । यस्तै धन्तेरसको दिन भने एकै दिन ५० किलो सुन बिक्री भएको अध्यक्ष शाक्यले बताए ।

‘हामीले देशभरको तथ्याङ्क लिएका छौं, तिहारभरको ४ दिनमा कुल १३५ किलो सुन बिक्रि भएको भन्ने छ,’ अध्यक्ष शाक्यले भने, ‘जसको मूल्य एक अर्ब ३२ करोड ७९ लाख रुपैयाँ बराबर पर्छ ।’

धनतेरसका दिन सुन बिक्री मूल्य एक लाख १४ हजार ७ सय रुपैयाँ थियो । बजारमा यस अघि बिक्री नभएर बैंकहरुमा रहेको सुन तिहारमा खपत भएको महासंघले जनाएको छ । सरकारले अहिले दैनिक २० किलो सुन आयात गर्न अनुमति दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर