![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/InShot_20231120_103425540.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
काठमाण्डौ –गएको असोज २० गते इजरायलमा भएको आक्रमणमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशी सकुशल फेला परेका सूचना प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले उज्यालोलाई दिनुभएको जानकारी अनुसार विपिन गाजाको अस्पतालमा सकुशल रहेका जानकारी इजरायल सरकारले त्यहाँ रहेको नेपाली दूतावासलाई दिएको छ । विपिन अस्पतालमा रहेको सूचना प्राप्त भए पनि अवस्था कस्तो छ भन्ने अझै स्पष्ट भइनसकेको र सम्पर्क गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
विपिन सकुशल हुनुहुन्छ भन्ने सुखद खबर मात्रै अहिलेलाई प्राप्त भएको प्रवक्ता लम्सालले जानकारी दिनुभयो । इजरायलमा रहेको नेपाली दूतावासका अनुसार हमास समूहले इजरायलमा आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरुमध्येमा जोशी पनि रहेका इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन् । तर पनि जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको र खोजी गर्ने काम भइरहेको दूतावासले जनाएको छ ।
जोशीको सकुशल उद्धारको माग गर्दै केही दिनअघि उहाँका आमाबुबाले परराष्ट्र मन्त्री एनपी साउदसँग भेट गरेका थिए । परराष्ट्रमन्त्री साउदले जोशीको सकुशल उद्धारको लागि नेपाल सरकार, नेपाली दूतावास, इजरायल सरकार लगायतका निकाय अथक प्रयासमा रहेको बताउनुभएको छ ।
इजरायलमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने ४ जना विद्यार्थी घाइते भएका थिए ।