Aamsanchar

हमासले नेपालीलाई बन्धक बनाएको भिडियो सार्वजनिक

Author Image
सोमवार, मंसिर ४, २०८०

काठमाडौं – इजरायली डिफेन्स आर्मीले नेपालीलाई हमासले बन्धक बनाएको भन्दै एक भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियो गाजाको अल शिफा अस्पतालको हो ।

इजरायली सेनाले सामाजिक सन्जालमा एक्स ९साविक ट्वीटर०मा भिडियो सेयर गर्दै लेखेअनुसार हमासले बन्धक बनाएका एक नेपाली र एक थाई नागरिक हुन् ।भिडियोमा एक जना घाइतेलाई अस्पतालको स्ट्रेचरमा सुताएर गुडाइरहेको र आकासे निलो रंगको टिसर्ट लगाएका अर्का एक जनालाई घचेट्दै हिँडाएको देखिन्छ । तर उनीहरुको अनुहार भने देखिँदैन । उक्त भिडयोमा हतियार बोकेका व्यक्तिहरु पनि देखिन्छन् ।इजरायलको डिफेन्स आर्मीले उनीहरु हमासका ‘आतंकवादी’ भएको जनाएको छ । उनीहरुले गाजाको सबैभन्दा ठूलो अल शिफा अस्पताललाई इजरायलमा आक्रमण गर्न उपयोग गरिरहेको आरोप पनि इजरायलले लगाएको छ ।उक्त अस्पतालको १० मिटर तल ५५ मिटर लामो सुरुङ पनि फेला परेको भन्दै इजरायलले भिडियो सार्वजनिक गरेको छ । उक्त सुरुङको प्रवेशद्वार माइन र बुलेट प्रुफयुक्त रहेको उल्लेख गरेको छ । गाजा क्षेत्रमा सुरुङ र बंकरको ठूलो सञ्जाल भएको इजरायलको दाबीलाई हमासले भने खण्डन गर्दै आएको छ ।

यसअघि हमासले बन्धक बनाएका एकजना १९ वर्षीया इजरायली युवतीको शव अल शिफा अस्पताल नजिक फेला परेको थियो । इजरायलको दाबी अनुसार हमासले उनको हत्या गरेको हो । तर हमासले भने इजरायलको हवाई आक्रमणमा परी उनको मृत्यु भएको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर