Aamsanchar

माल्दिभ्समा रहेका ७७ जना भारतीय सैनिक फिर्ता पठाउने प्रक्रिया सुरू

Author Image
सोमवार, मंसिर ४, २०८०

माल्दिभ्सका एक वरिष्ठ अधिकारीले भारतीय सैनिकलाई फर्काउने प्रक्रिया शुरु भएको बताएका छन् । माल्दिभ्समा ७७ जना भारतीय सैनिक रहेको अनुमान छ ।

गएको सेप्टेम्बरमा चुनाव जितेका माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले भारतलाई आफ्नो सेना फिर्ता गर्न औपचारिकरूपमा आग्रह गर्नुभएको थियो । पत्रकार सम्मेलनमा माल्दिभ्सको राष्ट्रपति कार्यालयका सार्वजनिक नीतिका उपसचिव मोहम्मद फिरोजुल अब्दुल खलिलले नयाँ सरकारले ७७ जना भारतीय सेना रहेको पत्ता लगाएको बताउँदै सबैलाई भारत फर्काउनेबारे प्रक्रिया शुरु भएको बताउनुभएको हो ।

भारतले सहयोग दिएका हेलिकप्टर र विमानको व्यवस्थापन र मर्मतको नाममा उसका सेना माल्दिभ्समा रहँदै आएका छन् । माल्दिभ्स हिन्द महासागर क्षेत्रमा भारतका लागि रणनीतिकरूपमा महत्त्वपूर्ण देश हो । तर अब माल्दिभ्सले कुनै पनि भारतीय थिचोमिचो नमान्ने चेतावनी दिइसकेको छ । भारतका लागि यो ठूलो झड्का हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

माल्दिभ्सको नयाँ सरकारले भारतसँग एक सय वटाभन्दा बढी सम्झौताको समीक्षा पनि गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)