Aamsanchar

अर्जेन्टिनाको राष्ट्रपतिमा माइली विजयी

Author Image
मङ्गलवार, मंसिर ५, २०८०

बुएनोस आयर्स – दक्षिणपन्थी लिबर्टी एडभान्स गठबन्धनका हाभियर माइलीले अर्जेन्टिनाको राष्ट्रपति पदमा अर्थमन्त्री सर्जियो मासालाई पराजित गरेको निर्वाचन प्राधिकरणको प्रारम्भिक नतिजाले देखाएको छ।

आधिकारिक नतिजा आउनुअघि नै हार स्वीकार गर्दै मासाले आगामी चार वर्षका लागि देशको राष्ट्रपति हुने माइलीलाई बधाई दिएका हुन्। सरकारले जारी गरेको आधिकारिक तथ्याङ्कअनुसार ८६.५९ प्रतिशत मत गणनामा माइलीले ५५.९५ प्रतिशत मत ल्याएका छन् भने मासाले ४४.०४ प्रतिशत मत प्राप्त गरेका छन्।

आइतवार भएको मतदानमा ७६.३९ प्रतिशत मतदान भएको थियो। माइली वर्तमान राष्ट्रपति अल्बर्तो फर्नान्डेजका उत्तराधिकारी हुनेछन् र डिसेम्बर १० मा चार वर्षको कार्यकालका लागि पदभार ग्रहण गर्ने तयारी छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर