Aamsanchar

कतारका विदेश राज्यमन्त्री सोल्तान बिन नेपाल आउँदै

Author Image
बिहिवार, मंसिर ७, २०८०

काठमाडौं – कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुराइखी दुई दिने औपचारिक भ्रमणमा नेपाल आउँदै छन्।

उनी भ्रमणका लागि आज साँझ ५ बजे नेपाल आइपुग्ने नेपालको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत दुई दिनका लागि नेपाल आउन लागेका विदेश राज्यमन्त्री सोल्तानले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्ने कार्यक्रम रहेको जनाएको छ। उनले भोलि प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

यस्तै उनले परराष्ट्र सचिव भरतराज पौड्यालसँग दुईपक्षीय वार्ता गर्नेछन्। उनी भोलि नै कतार फर्किने मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर