Aamsanchar

राष्ट्रिय युवा संघ र दुर्गा प्रसाईं समर्थकबीच बल्खुमा झडप

Author Image
बिहिवार, मंसिर ७, २०८०

काठमाडौं – नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ र दुर्गा प्रसाईं समर्थकबीच बल्खुमा झडप भएको छ।

कालीमाटीबाट तीनकुने आउन लागेको युवा संघको मोटरसाइकल र्‍याली बल्खु पुगेपछि झडप भएको हो। दुवै पक्षबीच ढुंगा हानाहान भएको छ ।

प्रसाईं पक्षका समर्थकको ढुंगा प्रहारबाट केही मोटरसाइकलसहितका सवारी साधनमा क्षति पुगेको छ। अहिले प्रहरीले स्थिति नियन्त्रणमा लिइसकेको जनाएको छ।

युवा संघले मुलुकमा बेथिति र अराजकताविरुद्ध प्रदर्शन गर्न लागेको बताएको छ भने महाअभियानले स्वतन्त्र नागरिक आन्दोलन भनेको छ।

युवा संघले तीनकुने र प्रसाईं संयोजकत्वको महाअभियानले बल्खुमा प्रदर्शन गरिरहेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर