Aamsanchar

मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउन प्रहरीले चलायाे जामर भेहिकल

Author Image
बिहिवार, मंसिर ७, २०८०

काठमाडौँ – बल्खुमा दुर्गा प्रसाईँ नेतृत्वले आयोजना गरेको प्रदर्शनमा प्रहरीले जामर भेहिकल सञ्चालन गरेको छ । मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउन सो प्रविधि चलाउने गरिन्छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को प्रदर्शन स्थानमा प्रहरीले १ थान जामर भेहिकल सञ्चालन गरेको छ । तीनकुने स्थित युवा संघको प्रदर्शन स्थलमा पनि १ थान जामर भेहिकल सञ्चालन गरिएको छ ।

जामर प्रविधि चलाएसँगै प्रदर्शन स्थलमा मोबाइल नेटवर्कमा समस्या आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर