Aamsanchar

दुर्गा प्रसाईंलाई सरकारले थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

Author Image
शुक्रवार, मंसिर ८, २०८०

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सरकारले गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ।

प्रसाईंको तर्फबाट डा. सुरेन्द्र भण्डारीले रिट दायर गरेका हुन्। प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको कार्यक्रममा सहभागी हुन नपाउने गरी नजरबन्दमा राखिएको रिटमा उल्लेख छ।

संविधानको धारा १७ ले प्रदत्त गरेको विचार र अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी अधिकार हनन भएको भन्दै रिटमा प्रसाईंलाई अदालतमा उपस्थित गराई बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्न माग गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर