Aamsanchar

दुर्गा प्रसाइको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

Author Image
आइतवार, मंसिर १०, २०८०

काठमाडौँ – सर्वोच्च अदालतले मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाइको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको छ । औचित्य सकिएको भन्दै न्यायाधीश कुमार चुडालको एकल इजलासले आइतबार रिट खारेज गरेको हो ।

भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेको भन्दै प्रसाईंले शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए । वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।

बिहीबार राजधानीको बल्खुमा केन्द्रित रहेर विरोध प्रदर्शन आयोजना गरेका प्रसाईंले शुक्रबार तिनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका थिए । तर, स्थानीय प्रशासनले शुक्रबार तिनकुने क्षेत्रमा प्रदर्शनको अनुमति नदिइएको प्रस्ट पारेसँगै सो क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी उनका केही समर्थकलाई नियन्त्रणमा लिइएको थियो भने केहीलाई सम्झाइबुझाइ पठाइएको प्रहरी स्रोतले जनाएको छ ।

प्रसाईंलाई भने स्थानीय प्रशासनले घरबाट बाहिर निस्किन दिएको थिएन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर