Aamsanchar

थाइल्यान्डमा एक पूर्वसैनिकले आफ्नै विवाहमा बेहुलीसहित चार जनालाई गोली हाने

Author Image
सोमवार, मंसिर ११, २०८०

थाइल्यान्डमा एक व्यक्तिले आफ्नै विवाहमा बेहुलीसहित चार जनालाई गोली हानेका छन् । थाइल्यान्डका पूर्वसैनिक तथा पौडी खेलाडी २९ वर्षीय चतुरोङ सुक्सुकले आफ्नो विवाहमा आफैँलाई गोली हान्नुअघि दुलही ४४ वर्षीया कञ्चना पचुन्थुक र अरू तीन जनालाई गोली हानेका प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । विवाह समारोह चलिरहेका बेला समारोह छोडेर निस्किएका बेहुला केहीबेरमा बन्दुक लिएर आई गोली चलाएका बीबीसीको खबरमा उल्लेख छ । गोली लागेका सबैको ज्यान गएको प्रहरीले जनाएको छ । गोली चलाउनुको कारण भने खुलेको छैन ।

चतुरोङले गएको वर्ष इन्डोनेसियामा भएको एसियन पारा गेम्स पौडीमा रजत पदक जितेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर