![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/InShot_20231128_084641549.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
इजरायल र प्यालेस्टिनी इस्लामिक लडाकु समूह (हमास)बीच गाजामा जारी युद्धविराम थप दुई दिन लम्बिने भएको छ । यसअघि चार दिनका लागि युद्धविराम भएको थियो । यो समयावधि आज बिहान सकिएसँगै मध्यस्थकर्ता कतारले इजरायल र हमासबीचको युद्धविराम थप दुई दिन लम्बिने जनाएको छ ।
कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले एक्स अर्थात् ट्विटरमा गाजापट्टीमा मानवीय युद्धविरामलाई थप दुई दिन लम्ब्याउने सहमति भएको उल्लेख गर्नुभएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
युद्धविरामको एक पक्ष हमासले पनि थप केही सर्तसहित युद्धविराम विस्तार हुने सूचनालाई पुष्टि गरेको बीबीसीले जनाएको छ । चार दिने युद्धविरामको अन्तिम दिन हिजो हमासले ११ जना र आज बिहान इजरायलले थप ३३ प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । इजरायलको जेलबाट रिहा हुनेहरुमा ३० बालबालिका र तीन जना महिला रहेका छन् ।
सम्झौता अनुसार हमासले एकजना इजरायली बन्धक रिहा गरेबापत इजरायलले तीन जना प्यालेस्टिनी कैदीबन्दीको रिहा गर्ने सहमति थियो । सम्झौता अन्तर्गत हमासले अहिलेसम्म कुल ५० जना इजरायली बन्धकलाई रिहा गरेको छ ।
बदलामा इजरायलले आफ्नो जेलबाट १ सय ५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ । गएको अक्टोबर ७ तारिखमा हमासले इजरायलमा आक्रमण गर्दा १२ सय जनाको ज्यान गएको थियो । हमासले २ सय ४० जनालाई बन्धक बनाएको छ । यसको बदलामा इजरायलले गाजा क्षेत्र ध्वस्त बनाएको छ ।
गाजामा १४ हजार जनाभन्दा धेरैको ज्यान गएको छ । ज्यान गुमाउनेमा ६ हजार जनाभन्दा धेरै बालबालिका रहेका छन् ।