Aamsanchar

सुनको मूल्य आज पनि बढ्याे, चाँदीको प्रतिताेला १ हजार ५ सयमा काराेबार

Author Image
मङ्गलवार, मंसिर १२, २०८०

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा दिनानुदिन रेकर्ड कायम भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा आज तीन सयले बढेर १ लाख १७ हजार ७ सय पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजाबी सुन एक लाख १७ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ भने यथावत रहेको महासंघले जनाएको छ। आज चाँदी तोलको १५ सय रुपैयामा कारोबार भइरहेको छ।

Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर
बढ्यो अमलाको भाउ
बिहिवार, कार्तिक २८, २०८२
सुनको भाउ फेरि साढे २ लाख नाघ्यो
बिहिवार, कार्तिक २८, २०८२
सुनको मूल्य घट्यो
बुधवार, कार्तिक २७, २०८२