Aamsanchar

पेट्रोल र डिजेलको मूल्य घट्यो, एलपी ग्यासको मूल्य यथावत्

Author Image
बिहिवार, मंसिर १४, २०८०

काठमाडौं – नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बिहीबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको छ ।

मूल्य घटेसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजेलको मूल्य १६० रुपैयाँमा झरेको छ । सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६९ रुपैयाँ र डिजेलको मूल्य १५९ रुपैयाँ कायम भएको छ ।

चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगन्ज र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ र डिजेलको मूल्य १५७ रुपैयाँ कायम भएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले नेपालमा पनि मूल्य घटाएको हो ।

निगमका अनुसार एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१ रुपैयाँ बढेर आएको छ । अहिले एलपी ग्यासमा प्रतिसिलिन्डर ३०० रुपैयाँ घाटा रहेको निगमको भनाइ छ ।

तर, आमउपभोक्ताको हितलाई मध्यनजर गरेर हाललाई एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर