![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/12/gold.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
काठमाडौं- साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
गत सोमबार, मंगलबार र बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो। बुधबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको भाउ बिहीबार भने स्थिर रहेको थियो।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
उक्त दिन सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
शुक्रबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छिबिहीबार प्रतितोला १५ सय २० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १५ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।