Aamsanchar

युद्धविराम सकिएपछिको आक्रमणमा गाजामा ३२ जनाको ज्यान गयो

Author Image
शुक्रवार, मंसिर १५, २०८०

इजरायल–हमासबीचको युद्धविराम सकिएपछि शुरु भएको आक्रमणमा ३२ जनाको ज्यान गएको छ ।

इजरायली सेनाले आक्रमण शुरु गरेको तीन घण्टामा ३२ जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसैबीच इजरायल डिफेन्स फोर्स ९आईडीएफ० का प्रवक्ता पिटर लेर्नरले हमासले आफ्नो वचन पूरा नगरेका कारण अब हमासलाई अन्त्य गरेर बाँकी बन्धक फिर्ता ल्याउन युद्ध शुरु गरेको बताउनुभएको बीबीसीले जनाएको छ ।

हमासद्वारा सञ्चालित आन्तरिक मामिला मन्त्रालयले इजरायली हवाई आक्रमणबाट धेरै क्षेत्र प्रभावित भएको जनाएको छ । युद्धविरामले गाजामा बन्दी बनाइएका एक सय जनाभन्दा बढी रिहा हुन सफल भएका छन् । अझै झण्डै एक सय ४० जना बन्धक रिहा हुन बाँकी छन् । युद्ध पुनः शुरु भएसँगै गाजामा अत्यावश्यक सामग्रीको अभावकाबीच मानवीय सङ्कट शुरु हुने सम्भावना छ ।

युद्धविराम अवधिको अन्तिम समयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले थप बन्धकहरूलाई रिहा गर्न सहमत नभएर युद्धविरामको सर्तहरूको उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ । युद्धविरामलाई थप गर्नेबारे वार्ता जारी नै रहेको बेला पुनः हिंसात्मक युद्ध शुरु भएको हो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर