Aamsanchar

आज पाेखरा र इलाम खेल्ने

Author Image
बुधवार, मंसिर २०, २०८०

काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल)मा आज बुधवार पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसी खेल्दैछन् । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालमा बेलुकी ५ बजे शुरु हुनेछ ।

पोखराले अहिलेसम्म ३ खेल खेलेकोमा १ जित र २ बराबरीसहित ५ अङ्क जोडेको छ । पोखरा तालिकाको तेस्रो स्थानमा छ । आजको खेल जितेमा पोखरालाई शीर्ष स्थानमा उक्लिने मौका छ । इलाम ३ खेलमा १ जित र २ हारसहित ३ अङ्क जोड्दै छैटौँ स्थानमा छ ।

यही मङ्सिर ८ गतेदेखि शुरु भएको दोस्रो संस्करणको एनएसएलमा ९ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा धनगढी एफसी, ललितपुर सिटी एफसी, पोखरा, काठमाण्डौ रेजर्स एफसी, एफसी चितवन, इलाम, एफसी बुटवल लुम्बिनी, झापा एफसी र वीरगञ्ज युनाइटेड एफसी छन् । सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले क्वालिफायर र तेस्रो र चौथो टोलीले इलिमिनेटर खेल्ने छन् ।

२०७८ सालमा भएको फ्रेन्चाइज लिगको पहिलो संस्करणको उपाधि काठमाण्डौले जितेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर