Aamsanchar

सुनको भाउ आज

Author Image
बुधवार, मंसिर २०, २०८०

काठमाण्डौ – सुनको भाउ आज बुधवार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ८ सयले घटेर आज १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ हिजो मङ्गलवार पनि तोलामा २ हजार ४ सयले घटेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अस्ति सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा ४५ ले घटेर १ हजार ५ सयमा झरेको चाँदी आज २० रुपैयाँले घटेर १ हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

विवाहको सिजन भए पनि सुनचाँदीको कारोबार खासै नभएको व्यापारीले बताएका छन् । सिजनका बेला सुनको दैनिक माग ५० किलोसम्म हुने गरेकोमा अहिले कारोबार घटेको हो । पहिला हुने कारोबारको तुलनामा अहिले दैनिक १५र२० किलो मात्रै सुनको कारोबार हुँदै आएको छ ।

सुनको भाउमा उतारचढाव र आर्थिक मन्दीजस्ता कारणले कारोबारमा असर पारेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार भाउ महँगो हुँदा ग्राहकले आवश्यकताअनुसार नयाँ किन्ने भन्दा पनि आफूसँग भएको पुरानो गरगहनाबाट काम चलाउने गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर