Aamsanchar

कनकाई नगरवासी र पत्रकार टिकाराम यात्रीबिच अन्तरक्रिया 

Author Image
बिहिवार, मंसिर २१, २०८०

कनकाई ।  झापाको कनकाई नगरपालिकाका अग्रज पत्रकार टिकाराम यात्रीले आफ्नो अनुभव र जीवनका भोगाइहरू नागरिकहरू समक्ष साझा गरेका छन् ।

रोटरी क्लब अफ सुरुङ्गाको आयोजनामा कनकाई नगरपालिकाको सभाहलमा बिहीवार (आज) वर्तमान समयमा सञ्चार एवम् सामाजिक भूमिकामा जीवनशैली, अध्यात्म र हाम्रो चिन्तन विषय अन्तरक्रिया कार्यक्रममा यात्रीले अनुभव आदन प्रदान गरेका हुन ।

रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष शिवकुमार कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमारमणि पोखरेल, सामाजिक व्यक्तित्व युवा, विद्यार्थीहरू समक्ष अन्तरक्रिया भएको थियो ।
कार्यक्रममा भक्तिप्रसाद सिटौलाले यात्रीलाई प्रश्न गरेका थिए । त्यस पछि दर्जनभन्दा धेरै सहभागीहरूले विभिन्न प्रश्न र जिज्ञासाहरू राखेका थिए ।

औपचारिक कार्यक्रममा स्वागत रोटरी क्लब अफ सुरुङ्गाका सदस्य राम निरौलाले गरेको थिए भने सञ्चालन  सचिव बिनिता मैनालीले गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)