Aamsanchar

इजरायली मन्त्रीका छोरा गाजा यु*द्धमा मा*रिए

Author Image
शुक्रवार, मंसिर २२, २०८०

गाजा क्षेत्रमा भइरहेको युद्धमा परेर इजरायलका एक मन्त्रीका छोराको ज्यान गएको छ । पूर्वसैन्य प्रमुखसमेत रहेका गाडी इसेनकोटका छोरा गाजा पट्टी क्षेत्रमा भएको लडाइँमा मारिएका बीबीसीले जनाएको छ ।

उत्तरी गाजा क्षेत्रको एक सुरुङमा बम बिस्फोट हुँदा २५ वर्षका मेजर गल इसेनकोट मारिएका इजरायलको रक्षा बल ९आईडीएफ० ले जनाएको छ । विस्फोटमा परेर गम्भीर घाइते भएका इसेनकोटलाई अस्पताल लगिए पनि बचाउन नसकिएको खबरमा उल्लेख छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले घटनाप्रति दुःख व्यक्त गर्दै इसेनकोट ‘साँच्चिकैको हिरो’ भएको बताउनुभएको छ । विस्फोटमा अर्का एक सैनिकको पनि ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

गएको अक्टोबर ७ तारिखमा इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीच युद्ध शुरु भएलगत्तै पूर्वसैन्य प्रमुख गाडी इसेनकोट प्रधानमन्त्री बेन्जामिन नेतान्याहु नेतृत्वको सरकारमा सहभागी हुनुभएको थियो । इजरायल र हमासबीच २ महिनादेखि भइरहेको युद्धमा परेर १६ हजार जनाभन्दा धेरैको ज्यान गएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर