Aamsanchar

लैंगिक हिंसा बिरुद्धको अभियान अन्तर्गत एक दिने प्रशिक्षण सम्पन्न

Author Image
शुक्रवार, मंसिर २२, २०८०


झापा-लैंगिक हिंसा विरुद्वको विश्वव्यापी १६ दिने अभियान नेपालमा पनि ’लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ अभियान मनाइँदैछ । अभियानको सन्दर्भमा सरकारी र गैरसरकारी क्षेत्रबाट देशभरि विभिन्न सचेतनामूलक कार्यक्रमहरू सन्चालन हुँदैछन् ।

यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) नगर कमिटी बिर्तामोडको आयोजनामा १६ दिने लैंगिक हिंसा बिरुद्धको अभियान अन्तर्गत एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टीको जिल्ला अनुसन्धान विभाग सचिव पुर्णिमा उपाध्याय प्रमुख प्रशिक्षक रहनुभएको कार्यक्रम बिर्तामोड स्थित पार्टी कार्यालय भवनमा सम्पन्न भएको हो ।नगर सभापती लिला खड्काको अध्यक्षतामा भएके कार्यक्रममा केन्द्रीय महिला विभाग सदस्य कल्पना थापाको प्रमुख आतिथ्यता र जिल्ला संयोजक उमेश खरेल, प्रदेश महिला विभाग सदस्य निर्मला खतिवडा, प्रदेश महिला विभाग सदस्य उर्मिला खरेल, क्षेत्र नम्बर २ सभापती कमल मोहन उप्रेती लगायतको आतिथ्यता रहेको थियो । ४० जना भन्दा बढीको सहभागिता रहेको कार्यक्रममा सहभागिहरुले लैंगिक हिंसाको कानुनी उपचार र यस्को न्युनिकरणका बारे जिज्ञासा र आफुले देखेका समस्या राखेका थिए । प्रशिक्षक उपाध्यायले लैंगिक हिंसाको कारण र यस्को कानुनि उपचारको बारेमा जानकारी दिनुभयो । कार्यक्रमको संचालन वडा नं ४ पार्टी सचिव चन्द्रा भट्टराईले गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर