Aamsanchar

गाजामा यु*द्धविराम गर्ने प्रस्तावविरुद्ध अमेरिकाकाे भिटो

Author Image
शनिवार, मंसिर २३, २०८०

काठमाडौं – संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् बैठकमा पेश भएको गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावविरुद्ध अमेरिकाले भिटो प्रयोग गरेको छ। यो प्रस्तावविरुद्ध अमेरिका एक्लैले विपक्षमा मतदान गर्दा अर्को स्थायी सदस्य बेलायत अनुपस्थित थियो।

फ्रान्सले भने पक्षमा मतदान गरेको छ। अमेरिकाले भिटो प्रयोग गरेपछि तत्काल युद्धविरामका लागि दबाब दिने गरी गरिएको प्रस्ताव फेल भएको छ। अमेरिकाले युद्धविराम प्रक्रियाको प्रस्तावलाई हतारको प्रस्ताव भन्दै उचित सल्लाह गरेर अघि बढ्नुपर्ने बताएको बीबीसीले जनाएको छ।

अमेरिकी प्रतिनिधिले सुरक्षा परिषद बैठकमा गरिएको प्रस्तावमा हमासले ७ अक्टोबरमा इजरायलमा गरेको आक्रमणको निन्दा नगरिएको आरोप लगाएका छन् । साथै ‘बिना शर्त युद्धविराम’को प्रस्ताव नै अनुचित रहेको अमेरिकाको जिकिर छ।

युद्धविरामको प्रस्तावमा भिटो प्रयोग गरेपछि अमेरिकी अधिकारीले गाजामा युद्धविरामका लागि अमेरिकाले गरिरहेको प्रस्तावलाई नजरअन्दाज गरिएको र अपरिपक्व ढंगले प्रस्ताव आएको आरोप लगाएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर