Aamsanchar

गाजा क्षेत्रमा युद्धविराम रोक्न माग गरिएको प्रस्ताव बहुमतले पारित

Author Image
बुधवार, मंसिर २७, २०८०

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घको महासभामा गाजा क्षेत्रमा युद्धविराम रोक्न माग गरिएको प्रस्ताव बहुमतले पारित भएको छ । यो प्रस्तावमा राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रमध्ये १५३ राष्ट्रले मत दिएका अल जजिराले जनाएको छ ।

अमेरिका, इजरायल, चेक रिपब्लिक, ग्वाटेमाला, लाइबेरियालगायत १० देशले भने विपक्षमा मतदान गरेका छन् । २३ देशले मतदानमा भाग नै लिएनन् । युद्धविराम रोक्न माग गरिएको प्रस्तावमा इजरायल र हमासको बन्धकमा रहेका सबैलाई तत्काल विना शर्त रिहा गर्न माग गरिएको छ ।

यस्तै, गाजा क्षेत्रका नागरिकको सुरक्षाका लागि सबै पक्षद्वारा अन्तर्राष्ट्रिय कानुनको पालना गर्न पनि प्रस्तावमा भनिएको छ । राष्ट्रसङ्घको सुरक्षा परिषद्ले गाजामा भइरहेको युद्ध रोक्नका लागि आग्रह गर्दै आएको छ ।

यसअघि गाजा क्षेत्रमा युद्धविराम गर्ने प्रस्तावमा अमेरिकाले भिटो अर्थात विशेषाधिकार प्रयोग गरेर असफल बनाइदिएको थियो । अमेरिकाले गाजामा भइरहेको बमबारीलाई लिएर पहिलो पटक इजरायलको आलोचना गरेको छ । आफूहरुले समर्थन गर्दै आए पनि मानव जीवनको रक्षाका लागि अमेरिकाले इजरायललाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर